राजनीति


प्रकाशमानलाई भोट माग्न घरदैलोमा बाबुराम

प्रकाशमानलाई भोट माग्न घरदैलोमा बाबुराम

नेपालखबर
कात्तिक २५, २०७९ शुक्रबार ९:३४, काठमाडौँ

पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष  डा. बाबुराम भट्टराई गठबन्धनका साझा उम्मेदवार कांग्रेस नेता प्रकाशमान सिंहलाइ मत माग्न घरदैलोमा हिँडेका छन्। 

काठमाडौं क्षेत्र नम्बर १ मा गठबन्धनका तर्फबाट उम्मेदवार कांग्रेस नेता सिंहलाई भोट माग्न भट्टराई उनीसँगै आज घरदैलो कार्यक्रममा सहभागी भएका हुन्। 

यस क्रममा डा. भट्टराईले संविधान कार्यान्वयन र विकासका लागि सत्ता गठबन्धनलाई मत दिन आग्रह गरे। उनले काठमाडौं क्षेत्र नम्बर  १ का सन्दर्भमा सिंह योग्य र स्वच्छ छविको व्यक्ति भएको दाबी पनि गरे। 

अहिलेको निर्वाचन विशिष्ट छ। सामान्य अवस्थामा दलहरूबीच प्रतिस्पर्धा हुन्छ तर, यसपटक प्रतिगमनकारी शक्तिहरुको विरुद्ध अग्रगमनकारीको लडाइँ हो। उहाँ योग्य व्यक्ति हुनुहुन्छ। स्वच्छ छविको व्यक्तित्व हुनुहुन्छ’, उनले भने,‘ हाम्रो गठबन्धनलाई बलियो बनाएर मात्रै संविधानको रक्षा र संस्थागत विकासको सुनिश्चितता हुन्छ।’

त्यस्तै सिंहले पनि संविधान कार्यान्वयनका लागि म्यान्डेट दिन आग्रह गरे। उनले तीनै तहको सरकारलाई अधिकार सम्पन्न बनाएर संघीयताको महसुस हुनेगरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे। 

‘संविधान बन्यो। कार्यान्वयन हुन सकेको छैन’, उनले भने, ‘प्राप्त उपलब्धिहरुको रक्षा गर्दै  र संस्थागत गर्दै विकास निर्माणलाई अगाडि बढाउन गठबन्धनलाई मत आवश्यक छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad