ad ad

राजनीति


राष्ट्रपतिद्वारा तीन मुलुकमा गैह्रआवासीय राजदूत नियुक्त

राष्ट्रपतिद्वारा तीन मुलुकमा गैह्रआवासीय राजदूत नियुक्त

नेपालखबर
पुस २, २०७६ बुधबार १२:२३,

बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राष्ट्रसंघ र तीन मुलुकका आवासीय नेपाली राजदूत (स्थायी प्रतिनिधि) लाई विभिन्न मुलुकको गैह्रआवासीय राजदूतमा नियुक्त गरेकी छन्।

नेपालको संविधानको धारा, २८२ को १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उनीहरुलाई नियुक्त गरिएको हो।

मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेलाई बु्रनाई, थाइल्यान्डका राजदूत गणेशप्रसाद ढकाललाई कम्बोेडिया, लाओस र भियतनाम, राष्ट्रसंघका लागि आवासीय प्रतिनिधि अमृतबहादुर राईलाई इक्वेडर र क्यानाडाका लागि राजदूत भृगु ढुंगानालाई क्युबाको गैह्रआवासीय राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .