ad ad

राजनीति


जथाभावी ब्याजदर बढाए बैंक तथा वित्तीय संस्थालाई कारबाही : गृहमन्त्री खाँण

जथाभावी ब्याजदर बढाए बैंक तथा वित्तीय संस्थालाई कारबाही : गृहमन्त्री खाँण

नेपालखबर
कात्तिक २१, २०७९ सोमबार १९:४१, भैरहवा

गृहमन्त्री बालकृष्ण खाँणले उद्योगी, व्यवसायी, श्रमिक, मजदूर र आम नागरिकलाई समस्या पर्नेगरी ब्याज वृद्धि नगर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएका छन्।

रुपन्देहीको सियारी गाउँपालिका ६ सर्जुगञ्जमा सोमबार भएको कार्यक्रममा गृहमन्त्री खाँणले जथाभावी ब्याजदर वृद्धि गर्दा अर्थतन्त्रमा नकारात्मक प्रभाव परि मुलुक समस्यामा पर्न सक्ने बताए।

उपयुक्त कारणबिना सरकारको निर्देशनविपरीत जथाभावी ब्याजदर बढाएमा कारबाही गर्ने चेतावनी गृहमन्त्री खाँणले दिए। आम नागरिकलाई मर्का पर्नेगरी ब्याजदर बढाउँदा कारबाही गर्न कानुनले नदिएमा कानुन समेत संशोधन गर्न सरकार तयार हुने उनको भनाइ छ। 

यो भन्दा अघिल्लो एमाले नेतृत्वको सरकारको नीतिका कारण उद्योगी व्यवसायी समस्यामा परेको भन्दै मंसिर ४ गतेको निर्वाचनमा पाँचदलीय गठबन्धनले जितेपछि सही नीति ल्याएर पुरानै अवस्थामा फर्काउने बताए।

वर्तमान गठबन्धन सरकारका कारण उद्योग व्यवसाय समस्यामा परेको नभइ अघिल्लो सरकारको गलत नीतिका कारण समस्यामा परेको बताए।

कोभिड–१९ र अघिल्लो सरकारको गलत नीतिका कारण समस्यामा परेको आर्थिक क्षेत्रलाई सबल बनाउने गरि निर्वाचनपछि बन्ने गठबन्धनको सरकारले नीति ल्याउने गृहमन्त्री खाँणको भनाइ छ।

मुलुकभर पाँचदलीय गठबन्धनका पक्षमा लहर आएकाले संघ र सबै प्रदेशमा गठबन्धनको सरकार बन्नेगरी परिणाम आउने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .