राजनीति


जनताको विकास र समृद्धिको सपना कांग्रेसले पूरा गर्छ : सञ्चारमन्त्री कार्की

जनताको विकास र समृद्धिको सपना कांग्रेसले पूरा गर्छ : सञ्चारमन्त्री कार्की

नेपालखबर
कात्तिक २०, २०७९ आइतबार २१:३५, सुनसरी

सञ्चार तथा सूचना प्रविधि ज्ञानेन्द्रबहादुर कार्कीले मङ्सिर ४ गतेको निर्वाचनपछि सत्तारुढ गठबन्धनको सरकार बन्ने बताएका छन्। 

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ लोकतान्त्रिक–वाम गठबन्धनको सम्पर्क कार्यालयको आइतवार उद्घाटन कार्यक्रममा उनले निर्वाचनबाट सत्ता गठबन्धनको दुईतिहाइ बहुमत आएर गठबन्धनकै सरकार बन्ने दाबी गरे।

प्रतिनिधिसभातर्फ सुनसरी क्षेत्र नम्बर ४ का लोकतान्त्रिक वाम–गठबन्धनका उमेदवारसमेत रहेका मन्त्री कार्कीले जनताले चाहेको विकास र समृद्धिको अभिलाषालाई कांग्रेस नेतृत्वको गठबन्धन सरकारले पूरा गर्ने विश्वास दिलाए। 

सामाजिक एकता र सद्भाव अभिवृद्धि नगरी राष्ट्रिय एकता सम्भव नहुने बताउँदै उनले देशमा राजनीतिक स्थिरता आवश्यक भएकाले त्यसका लागि गठबन्धनको सरकार आवश्यक रहेको स्पष्ट पारे।

उनले सुनसरी खोलामा वर्षेनि आउने बाढीका कारण स्थानीयवासी सधैँ डुबान र कटानको समस्याबाट पीडित भएकाले त्यसको दीर्घकालीन समाधानका लागि बाँध निर्माणका लागि सरकारले बजेट विनियोजन गरिसकेको बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad