ad ad

खेल


चेल्सी पराजित भएकै दिन म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

चेल्सी पराजित भएकै दिन म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

नेपालखबर
कात्तिक २०, २०७९ आइतबार २२:०, काठमाडौँ

इङ्लिस प्रिमियर लिगअन्तर्गत आइतवार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई एस्टन भिल्लाले स्तब्ध बनाएको छ।

घरेलु मैदान भिल्ला पार्कमा एस्टन भिल्लाले पाहुना टोली म्यान युलाई ३-१ गोलअन्तरमा हराउन सफल भएको हो।

चर्चित स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई सुरुमै उतारेको म्यान युले पहिलो हाफमै २ गोल खाएको थियो।

प्रशिक्षक इरिक टेन हागसँगको सम्बन्धमा आएको तितोपनाबीच भिल्ला पार्कमा रोनाल्डोले कुनै जादु चलाउन सकेनन्।

उल्टै खेलको ६१ औँ मिनेटमा उनले रेडकार्ड पाएका थिए। तर भिडिओ असिस्टेन्ट रेफ्रीमार्फत उनको रेडकार्ड टरेको थियो।

भिल्लाका लागि खेलको सातौँ मिनेटमा लेवन बेइलेले गोलको खाता खोले। त्यसपछि खेलको ११ औँ मिनेटमा लुकास डिग्नेले गोल गरेपछि भिल्ला २-० ले अघि बढ्यो।

खेलमा दबाब बनाए पनि काउन्टर एट्याकमा युनाइटेड चुक्यो। उसका लागि खेलको ४५ औँ मिनेटमा एस्टन भिल्लाका ज्याकव राम्सीले आत्मघाती गोल उपहार दिए।

पहिलो हाफमा २ गोल गरेको भिल्ला दोस्रो हाफमा पनि पुरानै लयमा देखियो। उसका लागि खेलको ४९ औँ मिनेटमा ज्याकव राम्सीले गोल गरेपछि अग्रता ३-१ मा पुग्यो।

त्यसपछि दुवै टोलीले गोल गर्न नसकेपछि युनाइटेडले कमजोर प्रतिद्वन्द्वीसँग लज्जास्पद हार भोग्न बाध्य भयो। 

यो जितपछि भिल्ला १३ खेलबाट १५ अंकसहित लिगको १४ औँ स्थानमा पुगेको छ। उता पराजित युनाइटेड समान खेलबाट २३ अंकसहित पाँचौँ स्थाना छ। यस पटक पनि उसले च्याम्पियन्स लिगका लागि कठिन संघर्ष गर्नुपर्ने देखिएको छ।

आजै भएको अर्को खेलमा उपाधि होडमा अगाडि रहेको आर्सनलले बलियो प्रतिद्वन्द्वी चेल्सीमाथि १-० को जित निकालेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .