ad ad

राजनीति


छोरीको जन्मदर्ता कीर्ते अभियोगमा प्रतिनिधिसभाकी उम्मेदवार नै पुगिन् जेल

छोरीको जन्मदर्ता कीर्ते अभियोगमा प्रतिनिधिसभाकी उम्मेदवार नै पुगिन् जेल

नेपालखबर
कात्तिक २०, २०७९ आइतबार १४:२६, काठमाडौँ


छोरीको जन्मदर्ता कीर्ते गरेको अभियोगमा चुनावी मैदानमा रहेकी एकजना उम्मेदवार जेल चलान भएकी छन्। 

राष्ट्रिय जनमुक्ति पार्टीबाट बाँके क्षेत्र नं. २ की उम्मेदवार विद्यादेवी शर्मा सरकारी कागजात कीर्ते अभियोगमा जेल चलान भएकी हुन्। 

बाँके जिल्ला अदालतले ४३ वर्षीया शर्मालाई छोरीको जन्मदर्ता कीर्ते गरेको आरोपमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।

बाँके २ मा राष्ट्रिय प्रजातन्त्र पार्टिका डा. धवलशमशेर राणा, मो. इस्तियाक राईसँग प्रतिस्पर्धामा उत्रिएकी उनले असोज २३ गते नेपालगञ्जस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएकी थिइन्।

‘घर’ चुनाव चिह्न र ‘देश बचाऔँ, देश बनाऔं’ नारा रहेको उक्त पार्टीले ‘नयाँ नेपाल निर्माणको संवाहक’ विद्या शर्मा लेखिएको पर्चा पनि बनाएर प्रचार थालेको थियो। 

तर उनैलाई सरकारी कागजात कीर्ते गरेको अभियोगमा जिल्ला अदालत बाँकेले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएपछि बर्दिया कारागार चलान गरिएको हो।

बर्दिया कारागारका जेलर सन्तोष विकले सरकारी कागजात किर्तेमा उनलाई सजाय भुक्तानका लागि बाँकेबाट पठाइएको बताएका छन्। 

शर्मा नेपालगञ्ज उपमहानगरपालिका-१५ निवासी हुन्। उनको माइती छिमेकी १६ नम्बर वडामा छ। 

उनले छोरीको जन्मदर्ता १६ नम्बर वडाबाट बनाएकी थिइन्। छोरीको नयाँ जन्मदर्तामा उमेर घटाएको पुष्टि भएपछि उनलाई सजाय भएको हो। 

शर्माले जिल्लाको आदेशविरुद्ध उच्च अदालत तुलसीपुरमा अपिल गरेकी छन्। निर्वाचन कानुन अनुसार मुद्दाको अन्तिम फैसला नभइसकेकाले उनले कारागारमै बसेर पनि चुनाव लड्न पाउँछिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .