नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पश्चिम नवलपरासी क्षेत्र नम्बर १ का उम्मेदवार विनोद चौधरीले जनताले ठूला कुराहरूको अपेक्षा नगरेको बताएका छन्।
नेपाली कांग्रेस वडा कार्यसमिति बर्दघाट ९ ले आज भुताहामा आयोजना गरेको कार्यक्रममा चौधरीले उक्त धारणा राखेका हुन्।
‘गरिखाने सामान्य नागरिकको माग भरपर्दो स्वास्थ्य, शिक्षा र नैसर्गिक अधिकारको प्रत्याभूति हुने वातावरणको सुनिश्चितता मात्रै हो’, उनले भने, ‘तर उनीहरूका सपनामाथि सधैँ खेलबाड गरियो। २७ दिन म यो क्षेत्रमा डुलेँ, नागरिकका सामान्यभन्दा सामान्य आवश्यकता समेत पूरा नभएको देख्दा मलाई पीडा लाग्यो, जुन नागरिककोको नैसर्गिक अधिकार भित्र पर्छन्।’
प्रतिस्पर्धी हृदयेश त्रिपाठीतर्फ लक्ष्य गर्दै चौधरीले भने, ‘हरेक चुनावमा रङ बलदिएर यताउति गरेर चुनाव जितिरहने तर मतदाताको भावनामाथि कुठाराघात गरेर सधैँ यो क्षेत्रलाई उपेक्षामा राखिराख्ने, यो कस्तो प्रवृत्ति हो?’
यहाँका स्वास्थ्य संस्था, शैक्षिक अवस्था, ग्राम बस्तीका बाटाघाटाको अवस्था र उनीहरूकोको जीवनस्तर हेर्दा राज्यको उपस्थिति नै नभएको हो कि जस्तो महसुस भएको चौधरीले बताए।
Shares

प्रतिक्रिया