मेटा कम्पनीका सीईओ मार्क जुकरवर्गको सम्पत्ति पछिल्लो एक वर्षमा उल्लेख्यरुपमा घटेको छ।
यो अवधिमा उनको सम्पत्ति एक खर्ब डलरभन्दा धेरैले घटेको छ। ब्लूमवर्गका अनुसार अहिले उनीसँग ३५ अर्ब २० करोडको सम्पत्ति छ।
विश्वका सबैभन्दा धनी अर्बपतिको सूचीमा उनी २९ औं स्थानमा छन्। सन् २०२१ को सेप्टेम्बर महिनामा उनको सम्पत्ति १ खर्ब ४२ अर्ब डलर थियो। उनी विश्वकै तेस्रो धनीको स्थानसम्म पुगेका थिए।
तर, पछिल्लो एक वर्षमा भने उनको सम्पत्ति निरन्तर ओरालो लागेको हो। उनको मेटा कम्पनीको आम्दानी पनि अघिल्लो वर्षको तुलनामा अहिले ४.५ प्रतिशत कम छ।
सन् २०२२ मा मात्र मेटा कम्पनीको शेयरको भाउ ६१ प्रतिशतले घटिसकेको छ। यो अवधिमा मेटाको समग्र बजार पुँजीकरण पनि ६ खर्ब ७७ अर्ब डलरले घटेको छ।
यो कम्पनी अमेरिकाका सबैभन्दा ठूला २० कम्पनीको सूचीबाट पनि बाहिरिइसकेको छ। जुकरवर्गसँग मेटाको ३५ करोड कित्ता शेयर छ।
Shares

प्रतिक्रिया