राजनीति


एमालेबाट जितेका आधा दर्जन वडाअध्यक्षले मलाई सघाउँदैछन् : विरोध खतिवडा

एमालेबाट जितेका आधा दर्जन वडाअध्यक्षले मलाई सघाउँदैछन् : विरोध खतिवडा

नेपालखबर
कात्तिक १५, २०७९ मंगलबार १२:६, काठमाडौँ

वाम-लोकतान्त्रिक गठबन्धनबाट मकवानपुर क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाका उम्मेदवार विरोध खतिवडाले आफूलाई त्यहाँ एमालेबाट जितेका आधा दर्जन वडाअध्यक्षहरुले सघाइरहेको दाबी गरेका छन्। 

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा गठबन्धनका कार्यकर्तालाई सोमबार सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्। 

आफ्नो क्षेत्रमा एमालेबाट निर्वाचित झन्डै आधा दर्जन वडाध्यक्षले आफूलाई जिताउन सबैखालको सहयोग गर्ने प्रतिवद्धता जनाएको उनले बताएका छन्। 

‘एमालेबाट चुनाव जितेका झन्डै आर्जन वडाध्यक्षले मलाई यो चुनावमा सघाउने प्रतिबद्घता जनाइसकेका छन् । त्यसो हुँदा हामी दोब्बर मतले विजय हुन्छौँ', उनले भने। 

खतिवडाले आफूलाई सघाउने बचन दिएका वडाध्यक्षको नामै भनिदिन मन भए पनि एमालेले उनीहरुलाई असजिलो पार्ने भएकाले परिचय गोप्य राख्नुपर्ने बताए। 

‘मलाई र सत्ता गठबन्धनलाई जिताउन लागिपरिरहेका उनीहरुको नामै पनि भनिदिन हुन्थ्यो । तर नामै भन्दा अरिङ्गालहरु गएर झम्टिदेलान् । उनीहरुमाथि प्रहार होला भन्ने डर भएकाले अहिलेलाई हामी ढुक्क भएर बस्दा मात्र हुन्छ,’ उनले भने 

एमाले अध्यक्ष केपी ओली प्रतिगामी भएकाले आफूहरुले विद्रोह गरी गठबन्धन बनाएर जनताको माझमा आएको उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad