राजनीति


कृष्णगोपाल श्रेष्ठसँग एजेण्डा र भिजनमा बहस गर्न आतुर छु : मिलन पाण्डे

कृष्णगोपाल श्रेष्ठसँग एजेण्डा र भिजनमा बहस गर्न आतुर छु : मिलन पाण्डे

नेपालखबर
कात्तिक १४ , काठमाडौँ

काठमाडौं क्षेत्र नम्बर ९ का उम्मेदवार मिलन पाण्डेले प्रतिस्पर्धी कृष्णगोपाल श्रेष्ठसँग एजेण्डा र भिजनमा बहस गर्न आतुर रहेको बताएका छन्। 

चुनावी प्रचार प्रसारका क्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले आफूसँग बहस गर्नका लागि श्रेष्ठ नआएको पनि गुनासो गरे। ‘एउटा सञ्चार माध्यमले बहसको लागी बोलाएको तर उहाँ आउनुभएन्,’  पाण्डेले भने। 

उनले सञ्चार माध्यमहरूलाई आफू र कृष्ण गोपाल श्रेष्ठको बहस काठमाडौँ क्षेत्र नं. ९ का मतदाताले हेर्न चाहेकोले आयोजना गरिदिन अनुरोध गरे। पाण्डेले विशेष गरी शिक्षा नीतिमा बहस गर्न श्रेष्ठलाई आव्हान गरे। 

पूर्व शिक्षामन्त्री समेत रहेका श्रेष्ठ नेकपा एमालेका तर्फबाट काठमाडौं–९ मा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार छन्।

‘कृष्ण गोपाल श्रेष्ठ पहिलोपटक लड्दै गर्दा म २ वर्षको थिएँ। अहिले ३३ वर्षको भइसक्दा पनि कृष्ण गोपाल श्रेष्ठ ८ औँ पटक फेरी उठ्दा यो क्षेत्रले के नवीनता पाउँछ?’ पाण्डेले प्रश्न गर्दै भनेका छन्।

कात्तिक १४, २०७९, साेमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.