राजनीति


छठ मनाउन आरजु राणा जनकपुरमा

छठ मनाउन आरजु राणा जनकपुरमा

नेपालखबर
कात्तिक १३, २०७९ आइतबार १४:५०, जनकपुरधाम

प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु देउवा राणा छठ पर्व दर्शन गर्न जनकपुरधाम आएकी छन्।

आइतबार जनकपुरधाम आइपुगेकी नेतृ राणाले जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै पाँचदलीय गठबन्धनले ९५ प्रतिशत सिट जित्ने दाबी गरिन्।

उनले गठबन्धनबाट अधिकांश बागी उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिइसकेकाले गठबन्धनले नै जित्ने सुनिश्चित रहेको बताइन्।

उनी आजै जनकपुरधामस्थित गंगासागरमा छठ पर्व हेर्ने कार्यक्रम रहेको बताइएको छ। 

सोमबार विहान आउँदो सूर्यलाई अर्घ दिन उनी कांग्रेस नेता विमलेन्द्र निधिको गाउँ नगराईन नगरपालिका जाने कार्यक्रम रहेको कांग्रेस धनुषा क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति धिरेन्द्र निधिले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad