राजनीति


देशमा परिवर्तन ल्याउन नेतृत्वमा युवा पुस्ता ल्याउनैपर्छ : कुन्ती पोखरेल

देशमा परिवर्तन ल्याउन नेतृत्वमा युवा पुस्ता ल्याउनैपर्छ : कुन्ती पोखरेल

नेपालखबर
कात्तिक ८, २०७९ मंगलबार १४:४, काठमाडौँ

काठमाडौं क्षेत्र नं. २ की प्रतिनिधि सभा सदस्य उम्मेदवार कुन्ती पोखरेलले देशमा परिवर्तन ल्याउन युवा पुस्तालाई नेतृत्वमा ल्याउनैपर्नेमा जोड दिएकी छन्।

मंगलबार राप्रपा काठमाडौं क्षेत्र नं. २ द्वारा कोटेश्वरमा आयोजित दीपावली र छठपर्वको उपलक्ष्यमा शुभकामना आदनप्रदान तथा अन्तरक्रिया कार्यक्रममा उनले पटक/पटक सांसद, मन्त्री भइसकेका बुबा, आमा समानको पुस्तालाई बिदा गरेर युवा पुस्ता ल्याउन जरुरी रहेको बताएकी हुन्। 

‘अहिले विद्यालयहरू बेरोजगार युवा उत्पादन गर्ने फ्याक्ट्री भएका छन्’, उनले भनिन्, ‘बेरोजगार युवा उत्पादन गर्ने बाहिर पठाउने, रेमिट्यान्सले देश चलाउने नेताहरूको बानी भइसक्यो।’

उनले देशका उद्योग, धन्दा कलकारखा बन्द भएकोप्रति आक्रोश पोख्दै आफू कपडा व्यवसायी भएकाले कपडा तयार गर्न सियोदेखि बटन, धागोसम्म सबै बाहिरबाट ल्याउनुपर्ने अनुभव रहेको सुनाइन्। 

उनले भनिन्, ‘यहाँ उद्योगकै कुरा गर्दा पनि सरकारले लगानीकर्तालाई ५० प्रतिशत अनुदान दिएर उद्योग खोलिदिने हो भने ती युवाहरूले स्वदेशमै रोजगारी पाउँछन्।’

देशमै व्यवसाय गर्न खोज्ने युवालाई सरकारले उचित वातावरण नदिएर विदेशिन बाध्य पारेको आरोप उनले लगाइन्। साथै उनले भ्रष्ट राजनीतिलाई शुद्धीकरण गर्न, युवा विदेश पलायन रोक्न साथै राष्ट्र, राष्ट्रियता, धर्म र राजासहितको प्रजातन्त्रलाई स्थापित गर्न आफ्नो उम्मेदवारी रहेको दाबी गरिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad