राजनीति


पाँचथरमा भेटियो दुईवटा मानव कंकाल, एउटा व्यक्ति चिनियो

पाँचथरमा भेटियो दुईवटा मानव कंकाल, एउटा व्यक्ति चिनियो

नेपालखबर
पुस १, २०७६ मंगलबार ५:१५,

पाँचथरमा छुट्टाछुट्टै स्थानमा दुई मानव कंकाल फेला परेका छन्। कंकाल पुरुषका हुन्।

कंकालमध्ये एउटाको पहिचान खुलेको छ भने एउटाको खुल्न बाँकी छ।

प्रहरीका अनुसार जिल्लाको फाल्गुनन्द गाउँपालिका-१ नवमीडाँडाको खोल्सीमा गत आइतबार स्थानीयवासीले मानव कंकाल फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रहरी अनुसन्धानबाट उक्त कंकाल फिदिम नगरपालिका वडा नं ८ का ५२ वर्षीय हर्कबहादुर सुनुवारको रहेको पुष्टि भएको छ। सुनुवार गत असार तेस्रो सातादेखि बेपत्ता रहेको परिवारजनले प्रहरीलाई बताएका छन्।

यस्तै आइतबार नै फिदिम नगरपालिका वडा नं १४ लुङरुपामा अर्को मानव कंकाल फेला परेको छ। उक्त मानव कंकाल पुरुष व्यक्तिको रहेको कपडा तथा कंकालसँगै रहेका अन्य सामग्रीका आधारमा पहिचान भए पनि कसको हो भन्ने पत्ता लाग्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रोमनराज अर्यालले बताए।

कंकाल झण्डै ६ महिनाअघिबाट सडेको अनुमान गरिएको उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad