समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखाको खोप्लाङस्थित आफ्नो पुर्ख्याैली घर प्रबलीकरण (रेट्रोफिटिङ) गर्ने भएका छन्।
२०७२ सालको भूकम्पले क्षतिग्रस्त ढुंगामाटोको आफ्नो घर प्रबलीकरण गर्ने निर्णय गरिएकाे जानकारी उनले दिएका हुन्।
त्यसका लागि पुनर्निर्माण प्राधिकरण र सम्बद्ध संस्थाका इन्जिनियर/सहकर्मीहरूसँग परामर्श गरिएको भन्दै उनले आफ्नो पुर्ख्याैली घरअगाडि खिचिएको तस्बिर फेसबुकमा राखेका छन्।
त्यस क्रममा डा. भट्टराईले ढुंगा, माटो र काठबाट बनेका हाम्रा परम्परागत घर सुरक्षित र बढी वातावरणमैत्री छन् भनेर आम जनतालाई बुझाउन गाह्रो परेको प्राधिकरणका अधिकारीहरूले बताएको पनि उल्लेख गरेका छन्।
स्टाटसमा उनले भनेका छन् : हिसिला (श्रमती) र म दुवै आर्किटेक्चरल इन्जिनियर भएकाले हामी त प्रबलीकरण नै गर्ने टुंगोमा पुग्यौं है।
Shares

प्रतिक्रिया