ad ad

राजनीति


६४ हजार मतसहित चुनाव जित्छु : विरोध खतिवडा

६४ हजार मतसहित चुनाव जित्छु : विरोध खतिवडा

चियापान कार्यक्रममा सम्बोधन गर्दै विराेध खतिवडा।


नेपालखबर
कात्तिक ६, २०७९ आइतबार ८:४९, काठमाडौँ

मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार विरोध खतिवडाले आफू दोब्बर मतान्तरले विजयी हुुने दाबी गरेका छन्। 

मकवानपुरको मनहरीमा लोकतान्त्रिक वाम गठबन्धनले शनिबार आयोजना गरेको चियापान कार्यक्रममा सम्बोधन गर्दै खतिवडाले एमाले उम्मेदवारभन्दा आफूले दोब्बर मतान्तरसहित चुनाव जित्ने दाबी गरेका हुन्। ‘राजा फर्काउने अभियानमा लागेकादेखि देश टुुुक्राउने मिसनमा लागेका पार्टीसँग तालमेल गरेका एमालेको उम्मेदवार भन्दा दोब्बर मतले चुनाव जित्छु्,’ खतिवडाले अघि भने, ‘गठबन्धनमा रहेका हाम्रा दलहरुको मत र एमालेले गएको चुनावमा पाएको मत हेर्ने हो भन्ने अन्तर दोब्बर छ,’

उनले आफू र आफ्ना प्रतिस्पर्धीको मत समेत उल्लेख गर्दै मकवानपुरमा गठबन्धनका सबै उम्मेदवारको जित निश्चित भएको दाबी गरे। ‘चुनावमा एमालेले मसंग लड्न उठाएको उम्मेदवारले ३० देखि ३५ हजारसम्म भोट ल्याउँछन् भने मैले ६४ हजार भोट ल्याई चुनाव जित्छु।’ 

अहिलेको लडाई अग्रगामी गठबन्धन र पश्चगामी गठबन्धनको बिचमा रहेको उनले बताए। खतिवडाले भने, ‘हामी अग्रगामी गठबन्धनमा रहेका प्रतिनिधीसभा र प्रदेशसभाको ६ वटै सिट ढुक्कले जित्नेछौं।’ 

पश्चगामी गठनबन्धनको नेतृत्व गरिरहेको एमालेले जित्यो भने संविधान तथा मुलुकले प्राप्त गरेको उपलब्धिमाथि खतरा हुने चेतावनी दिँदै उम्मेदवार खतिवडाले देशमा संघीयता, धर्मनिरपेक्षता, समावेशिताको रक्षाका लागि पनि काङ्ग्रेस, माओवादी केन्द्र,एकीकृत समाजवादी, जनमोर्चा, नेपाल समाजवादी पार्टीजस्ता लोकतान्त्रिक शक्तिबीत गठबन्धनको आवश्यकता बनेको बताए। केपी शर्मा ओलीमा नक्कली राष्ट्रवाद र आफूलाई सर्वेसर्वा भन्ने दम्भ पलाएकाले असली कम्युनिष्टहरुले उनीसँग विद्रोह गरी एकीकृत समाजवादी पार्टी स्थापना गर्नुपरेको उनको भनाई थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .