ad ad

राजनीति


चुनावपछि पनि गठबन्धन रहन्छ, संविधान कार्यान्वयनमा जोड दिन्छ : सिटौला

चुनावपछि पनि गठबन्धन रहन्छ, संविधान कार्यान्वयनमा जोड दिन्छ : सिटौला

पाँच दलीय सत्ता गठबन्धनले शनिबार विराटनगरमा गरेको संयुक्त भेलामा सहभागी शीर्ष नेताहरु।


नेपालखबर
कात्तिक ५, २०७९ शनिबार १२:५८, काठमाडौँ

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले चुनाव पछि पनि सत्तारुढ गठबन्धन कायमै रहने दाबी गरेका छन्। पाँच दलीय सत्ता गठबन्धनले शनिबार विराटनगरमा गरेको संयुक्त भेलालाई सम्बोधन गर्दै नेता सिटौलाले सो कुरा बताएका हुन्। 

साथै, उनले सता गठबन्धनका बिचमा  एकता सहकार्य गरेर देशलाई अगाडि लैजाने बताए। उनले संविधान कार्यान्वयन गर्नका लागि पनि राजनितिक दलका बिचमा सहकार्य आवश्यक रहेको उल्लेख गरे। 

‘यो गठबन्धन नयाँ परिस्थितिले बनेको हो,’ सिटौलाले सम्बोधनको क्रममा भने, ‘यो गठबन्धन नेताका लागि मात्रै नभएर जनताका लागि भएको हो।’

उनका अनुसार  निर्वाचनलाई धाधली रहित सम्पन्न गर्न पनि गठबन्धन आवश्यक रहेको छ। उनले १२ बुँदे सहमति अनुसार देशको दिगो बिकास र शन्तीका लागी आगामी दिनमा पनि सहकार्य र एकता आवश्यक रहेको  बताए।

‘हामी सबैको सहकार्यले सम्बिधान बनाएको हो तर प्रदेश सरकारका प्रमुखले नै काम गर्न नपाएको गुनासो आउँदा अब बन्ने सरकारले संविधान कार्यान्वयनमा जोड दिन्छ,’ पौडेलले भने। 

आगामी दिनमा सबै मिलेर देश बनाउन लाग्ने उनले प्रतिवद्धता समेत गरेका छन्। चृुनावपछि पनि सत्ताको लागि भन्दा पनि जनताको लागि काम गर्ने उनले बताए। उनले आफ्नै पार्टी भित्र भएका समस्या पनि मिलाएर जानुपर्ने बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .