ad ad

राजनीति


कार्यकर्तालाई प्रचण्डको आश्वासन– हाम्रो सरकार बनेपछि अवसर नै अवसर

‘मंसिर ४ को चुनाव आन्दोलन र अभियान दुवै हो’
कार्यकर्तालाई प्रचण्डको आश्वासन– हाम्रो सरकार बनेपछि अवसर नै अवसर

विराटनगरमा आयोजित गठबन्धनकाे संयुक्त भेलामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड। तस्बिर: सचिवलाय


नेपालखबर
कात्तिक ५, २०७९ शनिबार १३:२४, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता–कार्यकर्ताहरुलाई निर्वाचनपछि आफूहरुको सरकार बनेसँगै अवसर नै अवसर दिने आश्वासन दिएका छन्। 

शनिबार सत्ता गठबन्धनले विराटनगरमा आयोजना गरेको संयुक्त भेलालाई सम्बोधन गर्दै प्रचण्डले सो आश्वासन दिएका हुन्। ‘हाम्रो सरकार बनिसकेपछि अवसर नै अवसर तपाईंहरुलाई हुनेछ,’ प्रचण्डले सम्बोधनको क्रममा भने। 

साथै, उनले अन्याय भएकोजस्तो लागेकाहरुको पनि सम्बोधन निर्वाचनपछि हुने बताए। ‘जो साथिहरुलाई अलिकति अन्याय भएकोजस्तो लागेको छ तीनलाई सम्बोधन गरिनेछ,’ अध्यक्ष प्रचण्डले भने, ‘यहाँ हलभित्र रहनुभएका सबै नेताहरु, मैले सुरुदेखि तपाईंहरुलाई नेता भनेको छु, गाउँ गाउँमा पुगेर तपाईंहरुले जनतालाई सचेत गर्नुपर्नेछ।’

उनले आगामी ४ मंसिरको चुनाव सामान्य नभएको र एउटा आन्दोलन नै भएको बताए। ‘यो निर्वाचन अभियान भनेको एउटा आन्दोलन पनि हो, अभियान पनि हो,’ प्रचण्डले कार्यकर्तालाई आग्रह गर्दै भने, ‘यो अभियानलाई गहिरोसँग लिदिनुहोला। सानातिना कमीकमजोरी हिजो छन् भने पनि यो महान् उद्धेश्यको निम्ति त्यसलाई थाति राखेर संविधान, लोकतन्त्र र जनताका एकढिक्का होइदिनुहोला।’

उनले अहिले पनि आफूहरुविरुद्ध षडयन्त्र नरोकिएको बताए। ‘गठबन्धनका सबै साथिहरुलाई कुरो गहिरो छ, अहिलेपनि षडयन्त्र रोकिएको छैन्। हामी अन्तिम रुपमा विजयको यात्रातिर छौं,’ प्रचण्डले भने, ‘यो निर्वाचन एउटा यस्तो खुड्किलो हो जहाँबाट हामी लोकतन्त्र र परिवर्तनका विरोधीहरुलाई, प्रतिगामी शक्तिहरुलाई परास्तर गरेर विकास र समृद्धिको आधार तय गर्न सकूँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .