ad ad

राजनीति


पौडेल पक्षले महाधिवेशनको कार्यतालिकालाई ‘बटमलाइन’ बनाएपछि कांग्रेसमा जुटेन सहमति

पौडेल पक्षले महाधिवेशनको कार्यतालिकालाई ‘बटमलाइन’ बनाएपछि कांग्रेसमा जुटेन सहमति

नेपालखबर
मंसिर ३०, २०७६ सोमबार ७:९,

 सभापति शेरबहादुर देउवाले डाकेको केन्द्रीय कार्यसमिति बैठक बहिस्कार गर्दै आएका वरिष्ठ नेता रामचन्द्र पौडेल समूह र संस्थापक्षबीच पटक पटक वार्ता भए पनि सहमति जुट्न सकेको छैन।

 सोमबार विहान पुर्वमहामन्त्री तथा पौडेल समूहका नेता प्रकाशमान सिंहको निवासमा उपसभापति विमलेन्द्र निधि र असन्तुष्ट पक्षका वार्ता टोलीबीच भएको छलफल पनि विनानिष्कर्ष टुंगिएको कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले जानकारी दिए।

उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री सिंह, केन्द्रीय सदस्यहरु हृदयराम थानी र दिलेन्द्र प्रसाद बडु सहभागी वार्ता टोलीमा कुनै सहमति जुटन नसकेको हो। पौडेल पक्षले १४ महाधिवेशनको कार्यतालिकालाई बटमलाइन बनाएपछि वार्ता निष्कर्षविहीन भएको बताइएको छ।

पौडेल पक्षले सभापति देउवाको कार्यकाल सकिन लाग्दा महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्न छाडेर पार्टीका महत्वपूर्ण निर्णय गर्न थालेको भन्दै यसअघि नै दुईपटक केन्द्रीय समिति बैठक बहिष्कार गरेको छ।

बिहीबारको बैठक पौडेल पक्षले बहिष्कार गरेपछि शनिबार सभापति देउवा वरिष्ठ नेता रामचन्द्र पौडेलाई भेटन उनकै निवासमा पुगेका थिए। सहमति र सहकार्यकासाथ अगाडि बढ्ने भनिए पनि सो भेटमा कुनै सहमति भने भएन। आइतबार उपसभापति निधिले महामन्त्री शशांक कोइरालासँग भेटवार्ता गरेका थिए। तर, पौडेल पक्षले आइतबारको बैठक पनि बहिष्कार गरेपछि सोमबार बिहान वार्ता समितिको बैठक बसेको हो।

वार्ता टोलीबीच कुनै सहमति नभएपछि आजै बस्ने भनिएको कांग्रेस केन्द्रीय समितिको बैठक पनि अनिश्चित बनेको छ। वार्तामा सहमति नजुटे पनि उपसभापति निधिले सभापति देउवासँग र सिंहले वरिष्ठ नेता पौडेलसँग छलफल गरी आजै वार्ता टोलीको अर्को बैठक बस्ने बताइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .