ad ad

राजनीति


अमेरिकाले उत्तर कोरियालाई भन्योः समस्या अहिल्यै टुंग्याऊँ

अमेरिकाले उत्तर कोरियालाई भन्योः समस्या अहिल्यै टुंग्याऊँ

नेपालखबर
मंसिर ३०, २०७६ सोमबार ७:०,

उत्तर कोरियाले भूउपग्रह प्रक्षेपण केन्द्रबाट क्षेप्यास्त्र परीक्षण गरेको केही दिनमै स्टेफनको पछिल्लो भनाइ आएको हो।

हाल उनी दक्षिण कोरियामा छन्। उनले भने,‘हामी वार्ताका लागि तयार छौं। अमेरिका र उत्तर कोरियाका समस्याहरु वार्तामार्फत अहिल्यै टुंग्याऊँ।’

उत्तर कोरियाले यसवर्षको अन्त्यसँगै अमेरिकालाई क्षेप्यास्त्र निशस्त्रीकरणको नयाँ सम्झौता ल्याउन आग्रह गरेको छ।

नयाँ सम्झौता ल्याएर आफूमाथि लगाएको आर्थिक प्रतिबन्धहरु फुकुवा नगरे आफूले अमेरिकाले नसोचेको कुरा गर्ने चेतावनी दिएको छ।

उत्तरले अमेरिकालाई उसले नचाहेको क्रिसमस उपहार दिने चेतावनी दिएको थियो।

Image result for Stephen Biegun

स्टेफन

अमेरिकी प्रतिनिधि बेगुन यस विषयमा भन्छन्,‘उत्तर कोरियाली वक्तव्य शत्रुतापूर्ण, नकरात्मक र अनावश्यक छ। अमेरिकासँग समस्या सुल्झाउने लक्ष्य छ समयसिमा छैन।’

बेगनले प्योङयाङलाई भनेका छन्,‘यो समय काम गर्ने हो। सँगै मिलि काम गरौं। हामी यहाँ छौं तपाइँहरुलाई थाहा छ हामीमाझ कसरी पुग्ने।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाले पूर्ण रुपमा क्षेप्यास्त्र कार्यक्रम बन्द गर्नुपर्ने नभए प्रतिबन्ध फुकुवा नगर्ने बताएका छन्।

उत्तर कोरियाले भने अमेरिकी प्रस्ताव स्वीकारयोग्य नभएको र नयाँ उपाय खोजिनुपर्ने बताएको छ।

समस्या समाधान नहुन्जेल आफूले क्षेप्यास्त्र कार्यक्रम बन्द नगर्ने उत्तरको ठहर छ। सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जङ उनबीच पहिलो शिखर वार्ता भएको थियो।

त्यसबेला अमेरिकाले प्रतिबन्धहरु फुकुवा गर्ने र उत्तरले क्षेप्यास्त्र कार्यक्रम बन्द गर्ने सहमति भएको थियो।

यद्यपी आफूले क्षेप्यास्त्र कार्यक्रम बन्द गरे पनि अमेरिकाले प्रतिबन्धहरु फुकुवा नगरेको उत्तरको आरोपका बीच दोस्रो शिखर वार्ता भयो।

तर ट्रम्पले उत्तरमाथि पूर्ण प्रतिबन्धहरु नफुकाउने बताएपछि उत्तरले फेरि क्षेप्यास्त्र कार्यक्रम सुरुवात गरेको हो। बीबीसी

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .