धादिङमा नेकपा एमाले र राप्रपाबीच तालमेलको सहमति भएपछि प्रदेश सभाको उम्मेदवारी दिएका धनबहादुर घलेले पार्टी परित्याग गरेका छन्।
उनले एमाले पार्टी परित्याग गरेको घोषणा गरेका हुन्। सामाजिक सञ्जालमा आफू अब पार्टीमा नरहेको स्पष्ट पारेका छन्।
उनी धादिङ क्षेत्र नं २ को ख बाट उम्मेदवार थिए। तर उनको उम्मेदवारी फिर्ता लिदै एमालेले राप्रपाका डम्बर तामाङलाई सहयोग गर्ने निर्णय गरेको छ।
घलेले सत प्रतिशत जित शुनिश्चित हुँदा हुँदै पनि खेम लोहनीले उम्मेदवारी फिर्ता गराइदिएको बताएका छन्।
जसले गर्दा नैतिकताको कारण समेत आफू पार्टीमा बस्न नमिल्ने सामाजिक संजालमा लेखेका छन्।
222
Shares
प्रतिक्रिया