ad ad

राजनीति


मनाङमा दुईजनाले लिए उम्मेदवारी फिर्ता, दीपक मनाङे निर्विरोध

मनाङमा दुईजनाले लिए उम्मेदवारी फिर्ता, दीपक मनाङे निर्विरोध

नेपालखबर
असोज २६, २०७९ बुधबार १५:३, मनाङ

आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मनोनयन गरेका दुईजनाले उम्मेदवारी फिर्ता लिएका छन्। 

नेकपा माओवादी केन्द्र र स्वतन्त्र उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका हुन्। 

प्रदेश ‘क’का प्रदेश सभा सदस्यका एकीकृत माओवादी केन्द्रका उम्मेदवार कपिल लामाले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ। 

प्रदेश ‘ख’मा स्वतन्त्र उम्मेदवार कर्मा ध्वर्जे लामा गुरुङले उम्मेदवारी फिर्ता लिएको सहायक निर्वाचन अधिकृत तारादत्त बडुले जानकारी दिए।

मनाङ प्रदेश ‘क’ मा नेपाली काङ्ग्रेसका उम्मेदवार मुनिन्द्र जंग गुरुङ र नेकपा एमालेका उम्मेदवार राजन गुरुङबीच प्रतिस्पर्धा हुने भएको छ। 

गठबन्धनको समर्थनमा प्रदेश ‘ख’ मा राजीव गुरुङ (दीपक मनाङे)लाई समर्थन गर्ने गरी स्वतन्त्र उम्मेदवार कर्मा ध्वर्जेले उम्मेदवारी फिर्ता लिएका छन्। यससँगै दीपक मनाङे निर्विरोध भएका छन् ।

उनका अनुसार प्रतिनिधि सभा सदस्यमा उम्मेदवार दिएका कसैले पनि उम्मेदवारी फिर्ता लिएका छैनन्। 

उम्मेदवारले फिर्ता नलिएपछि नेपाली काङ्ग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबीच प्रतिस्पर्धा हुने भएको छ। 

प्रतिनिधि सभा सदस्यका लागि काङ्ग्रेसका टेकबहादुर गुरुङ, एमालेका पाल्तेन छोपाङ गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्या गुरुङबीच प्रतिस्पर्धा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .