राजनीति


देउवाको उम्मेदवारी यथावत्, कर्ण मल्लको उजुरी खारेज

मतदाता नामावली संकलन गर्दा त्रुटी भएको निष्कर्ष
देउवाको उम्मेदवारी यथावत्, कर्ण मल्लको उजुरी खारेज

फाइल तस्बिर


नेपालखबर
असोज २५, २०७९ मंगलबार १७:५५, कञ्चनपुर

प्रतिनिधिसभा सदस्यका लागि डडेल्धुराबाट मनोनयन दर्ता गराएका प्रधानमन्त्री शेरबहादुर देउवाको उम्मेदवारी कायमै रहने भएको छ। 

मुख्य निर्वाचन अधिकृतको कार्यालयले देउवाविरुद्ध परेको उजुरी खारेज गर्दै उनकव उम्मेदवारी कायमै राख्ने निर्णय गरेको हो।

मनोनय दर्तापछि देउवाको उम्मेदवारीविरुद्ध परेको दाबी विरोधको उजुरी कानुनसम्मत नदेखिएकाले उम्मेदवारी कायमै राख्ने निर्णय भएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले बताए।

‘मिति फरक परेकोबारे छानबिन गर्दा मतदाता नामावली संकलनका क्रममा छपाइमा प्रावधिक त्रुटि भएको पाइएको छ, यस्तोलाई सामान्य लिने प्रावधान छ,’ उनले भने, ‘उजुरी कानुनसम्मत नदेखिएको खारेज भएको छ।’

नागरिकता र मतदाता नामावलीमा जन्ममिति बाझिएको भन्दै कांग्रेस बीपीका उम्मेदवार कर्णबहादुर मल्लले सोमबार उजुरी गरेका थिए। 

उजुरी परेपछि देउवा पत्नी आरजुले मतदाता नामावली संकलनमा प्रावधिक त्रुटी भएको जवाफ दिएकी थिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .