राजनीति


रेखा थापाको प्रशंसा गर्दै छविराज ओझाले दिए जितको शुभकामना

रेखा थापाको प्रशंसा गर्दै छविराज ओझाले दिए जितको शुभकामना

फाइल फाेटाे


नेपालखबर
असोज २३, २०७९ आइतबार १८:९, काठमाडौँ

प्रतिनिधि सभा सदस्य पदमा चुनाव लड्न मोरङ क्षेत्र नम्बर ३ मा उम्मेदवारी दर्ता गराएकी अभिनेत्रीसमेत रहेकी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेतृ रेखा थापालाई उनका पूर्वपति एवं चलचित्र निर्माता छविराज ओझाले जितको शुभकामना दिएका छन्। 

पूर्वपत्नी थापाको प्रशंसा गर्दै ओझाले उनी सफल हुनेमा आफू विश्वस्त रहेको पनि बताएका छन्। 

‘कलिलो उमेरमै नेपाली सिने क्षेत्रमा प्रवेश गरेर नेपाली सिने क्षेत्रकै गौरव बन्न सफल– चलचित्रमार्फत नारी आवाजलाई बुलन्द गर्दै दसौँ वर्षसम्म शीर्ष स्थानमा रहन सफल, क्रान्तिकारी मान्यता बोकेकी आँटीली हिम्मतवाली नायिका हाल राप्रपाको नेतृ रेखा थापाले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मोरङ क्षेत्र नं ३ बाट उम्मेदवारी दर्ता गरेकी छन्’, चलचित्र निर्माता ओझाले रेखा थापाको तस्बिरसहित फेसबुकमा लेखेका छन्, ‘रेखाको साहस, आँट र नेतृत्वदायी क्षमतालाई मैले नजिकबाट चिनेको छु। तपाईंको राजनीतिक यात्रा सफल रहनेमा म ढुक्क छु, रेखाजी! तपाईंलाई जितको लागि अग्रिम शुभकामना।’

मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारी दर्ता गरिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad