नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजबाट देशमा नयाँ आर्थिक क्रान्तिको सुरुवात भएको दाबी गरेका छन्। गोरखा २ बाट उम्मेदवारी दर्ता गराएपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा दाबी गरेका हुन्।
‘नेपालमा आजको दिनबाट अर्को नयाँ क्रान्तिको सुरुवात भएको छ,’ उनले भने, ‘गोरखाली जनतालाई साक्षी राखेर यहीँबाट गणतन्त्रको क्रान्ति सुरु भएको थियो। आर्थिक क्रान्ति पनि यहीँबाट हुनेछ।’
उनले आफूले गरेको नयाँ क्रान्ति, नयाँ गोरखा र नयाँ नेपाल एक्लै संभव नभएको पनि बताए।
देशको पहिलो परिवर्तनको मुख्य वाहक नै विभाजित भएको भन्दै प्रतिगमनले टाउको उठाउन थालेपछि आफूहरु सडकमा आएको उनले बताए। ‘यो परिवर्तनको मुख्य वाहक नै विभाजित र कमजोर भएपछि स्वतः प्रतिगमनले टाउको उठान थाल्यो। त्यसविरुघ फेरि सडकमा जानपर्ने र त्यो षडयन्त्रलाई परास्त गर्नुपर्ने अवस्था आइलाग्यो। यो गठबन्धनले तत्काललाई परास्त गर्यो,’ प्रचण्डले भने।
Shares

प्रतिक्रिया