नेकपा एमाले परित्याग गरेका घनश्याम भुसालले एमालेमा एक जनाको बाहेक अरुको इज्जत र पहिचान नभएको बताएका छन्। आफ्नै निवास रुपन्देहीको तिलोत्तमा आयोजित पत्रकार सम्मेलनमा उनले एमाले एउटा जड पार्टीको रुपमा विकसित हुँदै गएकाले पार्टी छोडेको उल्लेख गरे।
‘त्यसमा ज्ञान, बुद्धि, क्षमता, स्वतन्त्रता, मुल्यको पहिचानको कुनै कुरा छैन। यो पार्टीमा एक जनाको पहिचान छ। एक जनाको इज्जत छ। अरु कसैको छैन,’ उनले भने ‘एक जनाको नाम छ अरुको नाम पनि छैन। एउटा जड पार्टीको रुपमा विकसित हुँदै गएपछि मैले त्यहाँबाट अलग हुनुबाहेक अर्को उपाय देखिन।’
भुसालले पार्टीको सिद्धान्तको वकालत गर्ने र अगुवाइ गर्नेहरु किनारा पर्ने अवस्था आएको बताए। ‘पार्टीको सिद्धान्तको वकालत गर्ने र अगुवाइ गर्नेहरु किनारा पर्ने अवस्था आयो। जसको उदाहरण म आँफै हुँ।’ उनले भने ‘ओली कमरेडको बुझाइको कारणले विकास सम्बन्धी भास्यको कारणले। यो पार्टी भित्र र बाहिर पनि समस्या आयो। जब पार्टी भित्र समस्यामा पर्दै जानुभयो उहाँले चाँही यसको सिकार संसदलाई बनाउनुभयो।’
भुसालले अब तत्काल एमालेमा सुधार नहुने उल्लेख गरे।
Shares
प्रतिक्रिया