निर्वाचन आयोगले मतदाता संख्या, मतदान केन्द्रको संख्या र क्षेत्रफललाई आधार मानी निर्वाचन खर्चको हद निर्धारण गर्ने भएको छ।
आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि खर्चको हद निर्धारण गर्ने निर्णय गरिएको आयोगले जानकारी दिएको छ।
‘आज प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को प्रयोजनका लागि सम्बन्धित निर्वाचन क्षेत्रको मतदाता संख्या, मतदान केन्द्रको संख्या र क्षेत्रफललाई आधार मानी सूत्रमा आधारित निर्वाचन खर्चको हद निर्धारण गर्ने निर्णय गरिएको छ।’ निर्वाचन आयोगले भनेको छ।
असोज १६, २०७९, आइतबार
15
Shares
प्रतिक्रिया