ad ad

राजनीति


दसैँको शुभकामनासँगै प्रचण्डको अपिल : प्रतिगमनविरोधी शक्तिलाई मत दिनुहोस्

दसैँको शुभकामनासँगै प्रचण्डको अपिल : प्रतिगमनविरोधी शक्तिलाई मत दिनुहोस्

फाइल तस्बिर


नेपालखबर
असोज १६, २०७९ आइतबार ८:४१, काठमाडौँ

सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंसिर ४ गते हुने चुनावमा प्रतिगमनविरोधी शक्तिलाई मत दिन नागरिकलाई अपिल गरेका छन्। 

दसैँ, तिहार, छठ, नेपाल संवत्, ल्होसार लगायत चाडपर्वको उपलक्ष्यमा आइतबार बिहान शुभकामना सन्देश जारी गर्दै प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको प्रसंग पनि जोडेका हुन्। 

‘सांस्कृतिक पर्वहरूको शृंखलाभित्र अब हामी प्रादेशिक र संघीय निर्वाचनको संघारमा पनि छौं’, प्रचण्डले सन्देशमा भनेका छन्, ‘आगामी मंसिर ४ गते हुन गइरहेको यस निर्वाचनमा प्रतिगमनविरोधी शक्तिलाई मत दिई संविधान, गणतन्त्र, संघीयताको रक्षा र सुदृढीकरणका लागि विजय गराउनुहुन आम जनसमुदायमा हार्दिक अपिल गर्दछु।’

दसैँलगायत चाडपर्वका अवसरमा उनले देश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना दिएका छन्। 

उनले अगाडि भनेका छन्, ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक मुलुक हो। हामी नेपालीहरूको मौलिक विशेषता भनेकै विविधतामा एकता हो।’

हाम्रा सबै प्रमुख चाडका आआफ्नै पृष्ठभूमि, मौलिकता र मूल्य रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले देशको भाषा, संस्कृति र सभ्यताको संरक्षण गर्दै तिनको समृद्धिमा लाग्नु हामी सबैको दायित्व भएको बताएका छन्। 

उनले भनेका छन्, ‘हाम्रा यिनै सांस्कृतिक पर्वहरूले नेपाली समाजमा आपसी सहिष्णुता र भावनात्मक एकता पैदा गर्ने विश्वास लिएको छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .