ad ad

राजनीति


प्रचण्डको नेतृत्वमा मात्र समाजवाद सम्भव : माओवादी नेता गौतम

प्रचण्डको नेतृत्वमा मात्र समाजवाद सम्भव : माओवादी नेता गौतम

नेपालखबर
असोज १३, २०७९ बिहिबार १२:५४, काठमाडौँ

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा युवा नेता विजय गौतमले आफ्ना अध्यक्ष प्रचण्डको नेतृत्वमा मात्र मुलुकमा समाजवाद सम्भव भएको दाबी गरेका छन्। 

पार्टीको विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) मकवानपुरद्वारा दसैँ, तिहार, छठ तथा ल्होसारको पूर्वसन्ध्यामा आज आयोजित शुभकामना तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै नेता गौतमले प्रचण्डको प्रशंसा गरेका हुन्। 

‘मुलुकलाई पछाडि फर्काउन कोसिस गर्नेहरूले समृद्धि र सुशासनको नेतृत्व गर्न सक्दैनन्’, नेता गौतमले भने, ‘खड्ग ओलीले मास्न खोजेको संविधान र लोकतन्त्र आज प्रचण्डको नेतृत्व कौशलताले बनेको ५ दलीय गठबन्धनको कारण जोगियो। यसमा गठबन्धन साझेदार दल र नेताको भूमिका स्मरणीय भए पनि मुलुकलाई समाजवादको उज्यालोतर्फ डोर्याउने सामर्थ्य र अठोट प्रचण्डमा नै देखिएको छ।’

प्रतिगामी पार्टी र नेताहरूको योजना दिवास्वप्नमा सीमित हुने दाबी गर्दै नेता गौतमले खड्ग ओलीले एमालेलाई त्यतै लतारेर घाँटी जोड्न बाध्य बनाउन लागेको आरोप लगाउँदै एमालेभित्र रहेका सच्चा कम्युनिस्टहरूले प्रतिवाद गर्नुपर्ने बताए। 

कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं सभासद प्रह्लाद  लामिछानेले पश्चगामीहरूबीच बढिरहेको ध्रुवीकरणले परिवर्तनकारीको मूल शक्तिका रूपमा रहेको नेकपा माओवादी केन्द्रको महत्त्व झन् बढेको दाबी गरे। 

नेता लामिछानेले वाम लोकतान्त्रिक गठबन्धन कसैको रहरमा नभई मुलुकको आवश्यक्तामा बनेको चर्चा गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .