राजनीति


रवीन्द्र मिश्र फेरि काठमाडौं १ मा उठ्ने, भोलि उम्मेदवारी घोषणा

२०७४ मा कांग्रेस नेता सिंहसँग पराजित भएका थिए
रवीन्द्र मिश्र फेरि काठमाडौं १ मा उठ्ने, भोलि उम्मेदवारी घोषणा

फाइल तस्बिर


नेपालखबर
असोज १३ , काठमाडौँ

विवेकशील साझा पार्टी त्यागेर बुधबार मात्रै राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका रवीन्द्र मिश्रले काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेदवारी घोषणा गर्ने भएका छन्। 

विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष मिश्रले काठमाडौं १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट संघीय निर्वाचन लड्न उम्मेदवारी घोषणा गर्न लागेका हुन्। 

मिश्र बुधबार मात्रै वरिष्ठ उपाध्यक्षको हैसियत लिने गरी राप्रपामा प्रवेश गरेका छन्। उनले नेपाललाई संघीयता आवश्यक नरहेको बताउँदै अब राजासहितको शासन व्यवस्थाको पक्षमा आफूलाई उभ्याएका छन्। 

उनले शुक्रबार पत्रकार सम्मेलन गरेर उम्मेदवारी घोषणा गर्न लागेका हुन्। 

उनले आफू काठमाडौं क्षेत्र नम्बर १ बाट उठ्ने तयारीमा रहेको बताउङ्गँदै आफ्नो क्षेत्रका मतदातालाई कार्यक्रममा निम्तो पनि दिएका छन्। 

मिश्र २०७४ मा पनि काठमाडौं क्षेत्र नम्बर १ मा उठेका थिए। त्यसबेला उनी नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहसँग पराजित भएका थिए।

२०७४ मा काठमाडौँ १ निर्वाचन क्षेत्रमा ८१९ मतको झिनो अन्तरले पराजित भएका थिए। 

मिश्रले त्यसबेला १० हजार १ साय १८ मत प्राप्त गरेका थिए। विजयी सिंहले १० हजार ९ सय ३७ मत ल्याएका थिए। 

असोज १३, २०७९, बिहीबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.