राजनीति


नेकपा सचिवालय बैठक जारी, लगत्तै स्थायी समिति बैठक बस्ने तयारी

नेकपा सचिवालय बैठक जारी, लगत्तै स्थायी समिति बैठक बस्ने तयारी

नेपालखबर
मंसिर २९, २०७६ आइतबार ३:८,

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक अहिले बसिरहेकाे छ।

आइतबार बिहान ९ बजेपछि पार्टी कार्यालय (धुम्बाराही) मा सचिवालय बैठक सुरु भएकाे हाे।   

बैठकमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तयार पारेका पार्टीको ६ महिने कार्ययोजना, आजै दिउँसो बस्ने स्थायी समिति बैठकका एजेन्डालगायत विषय रहेकाे नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

२७ गते नै बस्ने तय गरिएको नेकपा सचिवालय बैठक प्रचण्डलाई राजनीतिक प्रतिवेदन लेख्न समय लागेकाले सारिएको थियो।

प्रतिवेदन तयार गर्नकै लागि प्रचण्ड २ दिन खुमलटार आसपासकै अर्को एउटा घरमा गुप्तबास बसेका थिए। उनले १७ पृष्ठ लामो प्रतिवेदन तयार पारेको नेकपा स्रोतले जनाएको छ।

सचिवालय बैठकलगत्तै दिउँसाे पार्टीकाे स्थायी समिति बैठक पनि बस्ने प्रवक्ता श्रेष्ठले नेपालखबरलाई जानकारी दिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad