ad ad

राजनीति


विदेशी हस्तक्षेप नस्वीकार्ने नेतृत्व मुलुकले खोज्यो : कमल थापा

विदेशी हस्तक्षेप नस्वीकार्ने नेतृत्व मुलुकले खोज्यो : कमल थापा

नेपालखबर
असोज १२, २०७९ बुधबार १७:५२, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले सत्तामा पुग्न र टिकिरहन विदेशी शक्तिको आशिर्वाद खोज्ने प्रवृत्तिले मुलुक स्वाधिन बन्न नसक्ने बताएका छन्। 

उनले विदेशी दबाब र प्रभावलाई अस्वीकार गर्न सक्ने नेतृत्व अहिले मुलुकले खोजिरहेको समेत बताएका छन्। 

राप्रपा नेपाल केन्द्रीय पदाधिकारी, प्रदेश अध्यक्ष र जिल्ला अध्यक्षहरुको संयुक्त भर्चुअल बैठकलाई बुधबार सम्बोधन गर्दै थापाले राष्ट्रियताको सम्वर्द्धन , प्रजातन्त्रको सुदृढीकरण  र आर्थिक समृद्धिको एजेन्डा बोक्ने दल र नेतालाई जनताले रोज्नु पर्ने बताए।

राजनीतिमा निष्ठा र इमानदारीता आवश्यक हुने चर्चा गर्दै उनले यसलाई फोहोरी बन्न नदिन जनताले चुनावमार्फत सही नेतृत्व छान्नु पर्ने समेत स्पष्ट पारे। 

पछिल्लो समय मनी र मसल राजनीतिमा हावी भएकोमा उनले चिन्ता जनाए। 

बैठकले देशभर भइरहेको चुनाव तयारीको समीक्षा गर्दै राप्रपा नेपाललाई विजयी बनाउन आवश्यक रणनीति र कार्ययोजना समेत तय गरेको पार्टीका महामन्त्री राजाराम बर्तौलाले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .