महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीकी नेतृ चन्दा चौधरी नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।
निवर्तमान संघीय सांसदसमेत रहेकी उनलाई सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसमा स्वागत गरेका छन्।
उनलाई कांग्रेस सभापतिसमेत रहेका देउवाले पार्टीको सदस्यता प्रदान गरेका छन्।
पछिल्लो समय जनता समाजवादी पार्टी र लोसपा छाडेर एमाले र कांग्रेस प्रवेश गर्ने क्रम बढेको छ।
चौधरी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा १८ दिनका लागि मन्त्रीसमेत भएकी थिइन्।
त्यसबेला उनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको भूमिका निर्वाह गरेकी थिइन्।
तर सर्वोच्च अदालतको परमादेशपछि उनीसहित लोसपा र एमालेबाट मन्त्री बनेकाहरुले पद छाड्नुपरेको थियो।
उनी तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालको तर्फबाट सामानुपातिक सांसद भएकी थिइन्।
Shares
प्रतिक्रिया