राजनीति


वाईसीएल इन्चार्ज भन्छन्– विद्या भण्डारीलाई अब राष्ट्रपति मानिराख्नुपर्दैन

वाईसीएल इन्चार्ज भन्छन्– विद्या भण्डारीलाई अब राष्ट्रपति मानिराख्नुपर्दैन

नेपालखबर
असोज ९, २०७९ आइतबार २२:४३, काठमाडौँ

नेकपा माओवादी केन्द्र निकट वाईसीएलका इन्चार्ज रामप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले उपाध्यक्षजस्तो काम गरिरहेको आरोप लगाएका छन्।

आइतबार सुर्खेतमा कर्णाली प्रदेशस्तरीय वाईसियल बैठकलाई सम्बोधन गर्दे उनले सो आरोप लगाए।

‘विद्या भण्डारी राष्ट्रपति होइन, एमाले उपाध्यक्षको भूमिका निभाइरहेकी छिन्’, सापकोटाले भने, ‘अब राष्ट्रपति मानिराख्नुपर्दैन।’

उनले नागरिकता विधेयक राष्ट्रघाती नभएको दाबी गरे ।

‘नागरिकता विधेयक राष्ट्रघाती छैन र यो अंगीकृत पनि होइन, यो बाउआमा नभएकाहरूबारे हो, जन्मका आधारमा नागरिक नपाएकाहरुका लागि हो’, सापकोटाले थपे ।
 

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिँदै उनले भने, ‘केपी ओली हावा भरिएको बेलुनमाथि उडेर जमिनका हामीलाई खिसिट्युरी गरिरहेका छन्, मंसिर ४ को चुनावी काँडोले उनी सवार बेलुन फुट्छ र उडिरहेका उनी जमिनमा पछारिन्छन्।’ 

एमाले अध्यक्ष ओली पराजित मानसिकताले चिच्याइरहेको उनको भनाइ छ।

‘एमालेले अन्यत्र बिग्रिएका मानिसहरू प्रवेश गराएर मदन भण्डारीमाथि मज्जाक गरिरहेको छ,’ सापकोटाले भने।

अहिले देशभर स्मार्ट वाइसियल चाहिएको उनले बताए। 

‘कर्णालीमा अर्गानिक कर्णालीमा अर्गानिक माओवादी र वाईसीएल छ । यसले देशकै नेतृत्व गरोस्, कोही भाला खुकुरी बोकेर आए वाईसीएल चुप बस्दैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .