प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) र नेपाली कांग्रेस (बिपी) बीच चुनावी तालमेल गर्ने सहमति भएको छ।
एमाले अध्यक्ष केपी ओली र कांग्रेस बिपीका वरिष्ठ उपसभापति कर्णबहादुर मल्लबीच भएको छलफलमा दुई दलबीच सहकार्य गर्ने सहमति भएको मल्लका स्वकीय सचिव रामबहादुर विष्टले जानकारी दिए।
ओली निवास बालकोटमा दुई नेताबीच झन्डै ३ घण्टा भएको भेटवार्तामा यही मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका छलफल केन्द्रित भएको विष्टले बताए।
सो सम्बन्धममा दुईवटै पक्षले एक आपसमा गृहकार्य गरी चाडै टुंगो लगाउने सहमति भएको बताइएको छ।
असोज ७, २०७९, शुक्रबार
1.4k
Shares
प्रतिक्रिया