ad ad

राजनीति


राष्ट्रपतिविरुद्ध जसपाद्वारा मधेसमा आन्दोलन घोषणा

राष्ट्रपतिविरुद्ध जसपाद्वारा मधेसमा आन्दोलन घोषणा

नेपालखबर
असोज ७, २०७९ शुक्रबार १०:५१, काठमाडौँ

ससंदबाट दुई दुईपटक पारित नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको विरोधमा सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) ले मधेसमा आन्दोलन घोषणा गरेको छ।  

राष्ट्रपतिको कदमविरुद्ध जसपा मधेस प्रदेश समितिले पहिलो चरणको संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो। 

नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले संविधानको उल्लंघन गरेको उल्लेख गर्दै जसपाले यही असोज ८, ११, १३, १५, १६ र १७ गतेका लागि चरणबद्ध विरोध कार्यक्रम घोषणा गरेको हो। 

जसपाका मधेस प्रदेश अध्यक्ष रामबाबु कुमार यादवको अध्यक्षतमा बिहीबार बसेको भर्चुअल बैठकले राष्ट्रपतिविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको हो। 

जसपा मधेस प्रदेश समितिका मुख्यसचिव दिनेश कुमार यादवले प्रदेशका आठै जिल्ला समन्वय समितिलाई परिपत्र गर्दै असोज ८ गते नागरिक समाज, बुद्धिजीवी, पत्रकार, शिक्षक, प्राध्यापक, व्यापारी, कानुन व्यवसायी, पेसाकर्मी तथा अन्य सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम गर्ने उल्लेख गरेका छन्। 

यस्तै असोज ११ गते जिल्लाको सदरमुकामहरूमा भ्रातृ संगठनहरूद्वारा विरोध प्रदर्शन तथा राष्ट्रपतिको पुतला दहन गर्ने, असोज १३ गते जनप्रतिनिधिलाई विधेयक र अध्यादेशबारे जानकारी गराउने र असोज १५ देखि १७ गतेसम्म सबै पालिका तथा वडास्तरीय भेला गरी राष्ट्रपतिले चालेको कदम र विधेयकबारे जानकारी गराउने जनाइएको छ। 

हेर्नुहोस् विज्ञप्ति

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .