ad ad

राजनीति


समानुपातिक उम्मेदवार चयन गर्न माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु

समानुपातिक उम्मेदवार चयन गर्न माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु

फाइल तस्बिर


नेपालखबर
असोज २, २०७९ आइतबार ८:५१, काठमाडौँ

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ।

समानुपातिक तर्फ उम्मेदवार चयनको निर्णय गर्न पदाधिकारी बैठक सुरु भएको हो।

उपमहासचिव हरिबोल गजुरेलले सबैतिरबाट सिफारिस भएर आएका नामहरु छानबिन गरेर क्लस्टर मिलाइ निर्वाचन आयोगमा बुझाउने बताए।

गएरातिदेखि पाँच वर्षे कार्यकाल सकिएपछि आइतबार (२ असोज) बाट निर्वाचन प्रक्रिया सुरु भएको हो। निर्वाचन आयोगको कार्यतालिका अनुसार आजबाट राजनीतिक दलहरुले समानुपातिकतर्फको बन्दसूची पेस गर्नपर्नेछ।

आयोगले आज र भोलि (२ र ३ असोज) बन्दसूची बुझाइसक्ने कार्यसूची सार्वजनिक गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .