परराष्ट्रमन्त्री डा. नारायण खड्का शनिबार (असोज १ गते) बेलायत जाने भएका छन्।
बेलायती महारानी एलिजावेथ द्वितीयाको अन्त्येष्टिमा सहभागी हुन खड्का त्यसतर्फ प्रस्थान गर्न लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
बेलायती महारानी एलिजावेथको असोज ३ गते अन्त्येष्टि हुँदै छ। महारानी एलिजावेथको ९६ वर्षको उमेरमा भदौ २३ गते निधन भएको थियो।
उनको निधनप्रति नेपाल सरकारले तीन दिन शोक मनाउने निर्णय गरेको थियो।
39
Shares

प्रतिक्रिया