परराष्ट्रमन्त्री डा. नारायण खड्का आगामी शनिबार (असोज १ गते) बेलायत जाने भएका छन्।
बेलायती महारानी एलिजावेथ द्वितीयाको अन्त्येष्टिमा सहभागी हुन खड्का त्यसतर्फ प्रस्थान गर्न लागेको परराष्ट्र स्रोतले जनाएको छ।
बेलायती महारानी एलिजावेथको असोज ३ गते अन्त्येष्टि हुँदै छ।
महारानी एलिजावेथको ९६ वर्षको उमेरमा भदौ २३ गते निधन भएको थियो।
उनको निधनप्रति नेपाल सरकारले तीन दिन शाोक मनाउने निर्णय गरेकाे थियो।
180
Shares
प्रतिक्रिया