ad ad

राजनीति


कसैलाई मन परोस् नपरोस् ‘नेपालको पानी जनताको लगानी’को कार्यान्वयन भएको छ : मन्त्री भुसाल

कसैलाई मन परोस् नपरोस् ‘नेपालको पानी जनताको लगानी’को कार्यान्वयन भएको छ : मन्त्री भुसाल

फाइल तस्बिर


नेपालखबर
भदौ ३१, २०७९ शुक्रबार १८:६, काठमाडौँ

ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले ‘नेपालको पानी जनताको लगानी’ नारा सरकारले व्यवहारिक रुपमा कार्यान्वयनमा ल्याएको बताएकी छिन्।

बिहीवार अपर अरुण हाइड्रो इलेक्ट्रिक आयोजनाको लागि स्वदेशी ऋण प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाको सहवित्तियकरणको अगुवा गर्ने हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी (एचआइडीसीएल) बीच ऋण लगानी सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै मन्त्री भुसालले यस्तो बताएकी हुन्। 

उनले माथिल्लो अरुण जलविद्युत आयोजनाले नेपालको पूर्वी क्षेत्रमा योगदान गर्ने बताइन्। ‘नेपालको पानी जनताको लगानी नारा अहिले सरकारले व्यवहारिक ढङ्गले कार्यान्वयन गर्ने स्थानमा पुगेका छौं। कसैलाई मन परोस् नपरोस् तर सत्यतथ्य यही हो,’ भुसालले भनिन्।

उनले अरुण क्षेत्रका सबै जलस्रोतको जतिसक्दो धेरै प्रयोग गरेर देशको ऊर्जाबाट आर्थिक, सामाजिक विकास गर्ने बताइन्। 

भुसालले यो आयोजनाले नेपालका वित्तिय संस्थाहरुको ठूला आयोजनामा लगानी गर्ने क्षमता अभिवृद्धि गर्ने बताइन्। ‘जनतालाई सार्वसाधरण शेयर दिनुपनि जनताकै लगानी भएकाले नेपालको पानी जनताको लगानी नारा उच्च स्तरबाट पुष्टि गर्न सकेका छौं,’ भुसालले भनिन्।

मन्त्री भुसालले माथिल्लो अरुण भन्दा बढी क्षमताको बुढीगण्डकी जलविद्युत आयोजना कम्पनी दर्ताको प्रक्रियामा पुगेको बताइन्।

‘लगानी खोज्ने विषयमा बाँकी छ तर अगाडि बढाउने अवस्थामा छौं। नेपालका वित्तिय संस्थाहरुको ठूला आयोजनामा लगानी गर्ने क्षमता अभिवृद्धि हुनेछ। यो बैंक वित्तिय संस्थाबाट गरेपनि जनताको शेयर हो। जनतालाई सार्वसाधरण शेयर दिनुपनि जनताकै लगानी भएकाले नेपालको पानी जनताको लगानी नारा उच्च स्तरबाट पुष्टि गर्न सकेका छौं।’ भुसालले भनिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .