म्यानमारका लागि नवनियुक्त नेपाली राजदूत हरिश्चन्द्र घिमिरे र मलेसियाका लागि राजदूत डिल्लीराज पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन्।
सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दुवै राजदूतले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।
सो अवसरमा परराष्ट्रमन्त्री डा. नारायण खड्का लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
48
Shares

प्रतिक्रिया