ad ad

राजनीति


रवीन्द्र मिश्रलाई प्रकाशमानको व्यंग्य : आफ्नै पार्टी टिकाउन नसक्नेले देश विकासको कुरा गर्ने!

रवीन्द्र मिश्रलाई प्रकाशमानको व्यंग्य : आफ्नै पार्टी टिकाउन नसक्नेले देश विकासको कुरा गर्ने!

नेपालखबर
भदौ २५, २०७९ शनिबार १३:१, काठमाडौँ

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले दुई वर्ष पनि दल टिकाउन नसक्नेहरूले देशको विकास गर्ने कुरा सम्भव नरहेको टिप्पणी गरेका छन्। शनिबार बानेश्वरमा कुमाले धारा मर्मतसम्भार तथा पार्क सौन्दर्यीकरण उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दे उनले विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रविरुद्ध व्यंग्य गरेका हुन्। 

रवीन्द्र मिश्रप्रति इंगित गर्दै उनले दुई वर्षसम्म पार्टी टिकाउन नसक्नले देश विकास गर्छु भन्न नसुहाउने बताए। 

नेता सिंहले पार्टी खोल्नु नाङ्लोमा पसल खोलेर चलाउनुजस्तो नभएको भन्दै मिश्रलाई पार्टी टिकाएर देखाउन चुनौती दिए। देश विकासका लागि काम गर्न आफ्नो पार्टी टिकाएर देखाउन सक्नुपर्ने उनले बताए। 

पार्टीको हावा चाँडै फैलिने गरेको उल्लेख गर्दै नेता सिंहले विचार गरेर मात्रै भोट हाल्न मतदातालाई आग्रह गरे। 

२०७४ को निर्वाचनमा तत्कालीन विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रसँग ८१९ मतान्तरले मात्रै सिंह विजयी भएका थिए। सिंहले आगामी मंसिर १४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा पनि हल्लाको पछि लाग्ने नभई विवेकले देश विकास गर्न सक्षम उम्मेदवारलाई मतदान गर्न आग्रह गरे।  उहाँले देश विकास गर्न पुराना

कांग्रेस र कम्युनिस्ट पार्टीहरूलाई पनि गाह्रो परिरहेका बेला नयाँ पार्टीले कुनै काम गर्न नसक्ने जिकिर उनले गरे। नेता सिंहले परिवर्तन गर्छु
भनेर आएको दल अहिले कहाँ छ भन्दै प्रश्नसमेत गरे। 

‘यहाँ पुराना दलहरूले केही गर्न सकेनन् भने। अरू कसले गर्न सक्ला त’, उनले भने, ‘गर्न सकेन भनेर कराउने अधिकार कसले दियोरु  त्यही पुराना दल कांग्रेसले नै नेतृत्व गरेर जनआन्दोलनबाट मौका पाएको होइन?’

उनले थपे, ‘स्थापना गरेको दलललाई एक वर्ष टिकाउन नसक्नेहरूले परिवर्तनको नारा दिँदैमा परिवर्तन हुन्छ? नारा दिँदैमा परिवर्तन हुने भए त सबैले दिन्थे नि! नाराले केही काम हुँदैन। पुराना दललाई त जनतालाई चित्त बुझाउन धौधौ भइरहेको छ भने भर्खरका दलले गर्छौं भनेर गर्न सकिन्छ र? परिवर्तन गर्ने नारा बोकेर आयो एउटा दल। आफूले खोलेको दललाई सम्हाल्न सक्नुपर्छ नि परिवर्तन गर्न त। सम्हाल्न सकेको छ?’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .