ad ad

राजनीति


प्रचण्ड भन्छन्– प्रधानमन्त्री बन्न सक्छु तर देश र जनताका लागि फाइदाजनक छैन

प्रचण्ड भन्छन्– प्रधानमन्त्री बन्न सक्छु तर देश र जनताका लागि फाइदाजनक छैन

फाइल तस्बिर


नेपालखबर
भदौ २४, २०७९ शुक्रबार ९:५१, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्रीको दौडमा नभएको दाबी गरेका छन्। 

पोखरा विमानस्थलमा संचारकर्मीसँग कुराकानी गर्दै प्रचण्डले सो कुरा बताएका हुन्।

‘मैले त भनेको छु, प्रधानमन्त्रीकै इच्छा गरेको भए म पहिला पनि हुनसक्थेँ। ०७४ को निर्वाचन लगत्तै पनि पाँचै वर्षका लागि मेरो ढोका खुला थियो। तर मैले वाम गठबन्धनलाई प्राथमिकता दिएर छाडेको हो,’ प्रचण्डले भने, ‘अहिले पनि प्रधानमन्त्रीको कुरामा त्यस्तो डिवेट भएको पनि छैन, गर्नेमा पनि छैन।’

अहिले पनि आफू प्रधानमन्त्री बन्ने चाहना राख्दा हने स्थिति भएको उनले खुलाए। ‘तर, म अहिले हुँदिन, त्यो देश र जनताको लागि पनि फाइदाजनक हुँदैन,’ प्रचण्डले भने, ‘त्यसकारण म यो रेसमा छैन।’

अहिले प्रधानमन्त्रीको विषयमा गठबन्धनमा पनि कुनै चर्चा नभएको उनले बताए। ‘अहिले नै फलानो प्रधानमन्त्री भनेर लाने मुडमा गठबन्धन र म छैनौं।’ प्रचण्डले भनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .