जनता समाजवादी पार्टी नेपाल (जसपा) का केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले सबै दलले जित्ने गरी सिट बाँडफाँट नभए गठबन्धनको औचित्य नरहने बताएका छन्।
मधेस प्रदेश सरकारले स्थापना गरेको मधेस विश्वविद्यालयको बिहीबार वीरगञ्जमा कार्यालय उद्घाटन गर्दै अध्यक्ष यादवले सबैको भावनालाई सम्मान गर्दै न्यायोचित सिट बाँडफाँट नभए सत्ता गठबन्धनको औचित्य नरहने बताए।
उनले आफूहरूले प्रतिनिधिसभाका लागि ३२ सिट कांग्रेस नेतृत्वसँग मागेको पनि बताएका छन्।
त्यही विषयमा दलका शीर्ष नेताबीच छलफल चलिरहेको जानकारी यादवले दिए।
सिट बाँडफाँटको विषयमा सहमति नभएका विषयलाई चाँडै शीर्ष नेतृत्वले किनारा लगाएर निर्वाचन तयारीमा जुट्ने अध्यक्ष यादवले बताए।
996
Shares
प्रतिक्रिया