कारोबार


सडक सुरक्षाको लागि बागमती प्रदेश सरकारलाई अभियन्ताको सुझाव

सडक सुरक्षाको लागि बागमती प्रदेश सरकारलाई अभियन्ताको सुझाव

नेपालखबर
भदौ २३, २०७९ बिहिबार १७:०, काठमाडौँ

बागमती प्रदेशमा क्रियाशिल विभिन्न अभियन्ताहरुका तथा संघ/संस्थाहरुले सुरक्षित यात्राको अधिकारका लागि गण्डकी प्रदेश सरकारलाई सुझाव–पत्र पेश गरेका छन्।

प्रदेशमा क्रियाशील विभिन्न अभियन्ताहरुको टोलीले बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री घनश्याम दाहाललाई सुझाव पत्र पेश गरेको हो। उक्त सुझाव पत्रमा सुरक्षित यात्राको अधिकारको लगाएतका विषयहरु समेटिएका छन् ।

हरेक दिन सडक दुर्घटनाबाट करिब एक दर्जन मानिसको मृत्यु र सयौं मानिस घाइते तथा अंगभंग भई जिवन गुजार्नु परेकोले सडक सुरक्षाका उपायहरुको खोजी र तिनको कार्यान्वयनका लागि सुझाव दिइएको अभियन्तामध्येका नासा नेपालका गोविन्द भट्टराईले बताए। 

उनले भने, ‘हामीले मन्त्रीज्यूमार्फत सुझाव पत्र पेश गरेका छौँ। उहाँले सडक शुरक्षाको विषय गम्भिर रहेको र सुझावका लागि धन्यवाद दिनुभएको छ।’ 

अभियानकर्ता भट्टराईले यस्तो सुझाव सबै प्रदेश सरकारलाई बुझाइएको बताए ।

सुझाव पत्रमा नेशनल रोडसेफ्टी एक्सन प्लान समावेश गर्ने गरी प्रदेशस्तरीय रोडसेफ्टी एक्सन प्लान बनाउने तथा तथा सडक सुरक्षा अभियान्ता तथा विज्ञहरु, संचार क्षेत्र, उपभोक्ता हित संरक्षण, दुर्घटना पीडित, पेशागत र ब्यबसायी संगठन तथा सम्वन्धित सरोकारवालाहरु समेतलाई समेटेर प्रदेश सडक सुरक्षा काउन्सिल (परिषद्) गठन गर्ने सुझाव दिइएको छ ।

त्यसैगरी बालबालिका, ह्विलचेयर र सेतो छडी प्रयोगकर्तालाई आरक्षण सहितको पूर्वाधार तथा साइकलयात्रु र पैदल यात्रुको लागि सुरक्षित आवागमनको ग्यारेन्टी गर्ने पूर्वाधार निर्माण सडकहरुको वर्गीकरण अनुसार अधिकतम गति सीमासम्बन्धी ऐन, मोबाइल प्रयोगमा प्रतिबन्ध तथा मापसे रोकथामको स्पष्ट कानुनी व्यवस्थाजस्ता विषयहरु समेटिएका छन् । सुझाव पत्र बुझ्दै बागमती प्रदेशका मन्त्री दाहालले संघ संस्थाहरुबाट आएका सुझावहरुलाई सकरात्मक रुपमा लिइएको बताए ।

उक्त सुझावपत्रमा स्वास्थ्यकर्मी तथा नेपाल अर्थेपेडिक एसोसीएसनसका पुर्व अध्यक्ष डा. बुलन्द थापा,  नासा फाउण्डेसन नेपालका भगवती सेढाई, एकेडेमीक नेटवर्क फर रोड सेफ्टि रिसर्चका गीरी राज दाहाल ,सञ्चारकर्मी भगीरथ योगी , सडक सुरक्षा अनुसन्धानकर्ता डा.पुष्पराज पन्त, स्वतन्त्रता अभियान नेपाल ऋतु भट्ट राई, नेसनल एलाएन्स् फर सेफ एण्ड सष्टेनेवल मोविलिटिका नीतु पण्डित, कमिनिटि डेभलोपमेन्ट फाउण्डेसनका रजनी के.सी सहितको टिम संलग्न रहेको छ।

यस्तै सम्पूर्ण अभियानकर्मीको तर्फबाट सुरक्षित यात्रा अभियान नेपालका उमेश के.सी, हेटौँडा सन्देशका सम्पादक माधव न्यौपाने र इन्टरनेशनल अटोमोबाइल फेडेरेसनका गोविन्द प्रसाद भट्टराई रहेका छन् । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .