नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्ल प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि उम्मेदवार सिफारिस भएका छन्।
सल्यान जिल्ला समन्वय समितिको बैठक मल्लको नाम सिफारिस गरेको हो। समन्वय समितिको बैठक बुधबार बसेको थियो।
मल्ल अखिल क्रान्तिकारीका पुर्व अध्यक्ष पनि हुन्। उनी हाल प्रचण्डको सचिवालयमा कार्यरत छन्।
लामो समयदेखि प्रचण्डको प्रमुख स्वकीय सचिव रहेका जोखबहादुर महरालाई लुम्बिनी प्रदेशको सह इन्चार्ज बनाएर मल्ललाई गत २७ कार्तिकमा प्रचण्डको स्वकीय सचिवालयमा नियुक्त गरिएको थियो।
मल्ल अहिले पार्टीमा पोलिटब्यूरो सदस्य छन्।
मल्लसँगै सल्यानबाट वर्तमान सांसद टेकबहादुर बस्नेत पनि सिफारिसमा परेका छन्। सिफारिसमा दोस्रो नम्बरमा मल्लको नाम राखिएको छ भने पहिलो नम्बरमा बस्नेतको नाम सिफारिसमा परेको हो।
माओवादी केन्द्रको उम्मेदवार नाम सिफारिस गर्ने आज (२३ भदौ) अन्तिम दिन हो।

Shares

प्रतिक्रिया