राजनीति


बालुवाटारमा सिट बाँडफाँट कार्यदलको बैठक बस्दै, सहमति जुटाउने प्रयास

कार्यदलमा सहमति नजुटे आजै शीर्ष नेताहरु जुट्ने
बालुवाटारमा सिट बाँडफाँट कार्यदलको बैठक बस्दै, सहमति जुटाउने प्रयास

फाइल तस्बिर


नेपालखबर
भदौ २३, २०७९ बिहिबार ८:२५, काठमाडौँ

सिट बाँडफाँटका गर्न सत्ता गठबन्धनले बनाएको ११ सदस्यीय कार्यदलको बैठक बस्दै छ। केहीबेर पछि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने भएको हो। 

बुधबार साँझ बसेको बैठकमा निर्वाचन क्षेत्र अनुसार सहमति बन्न सकेको थिएन।

प्रतिनिधि सभाका १ सय ६५ र प्रदेश सभाको ३ सय ३० मध्य काङ्ग्रेसले धेरै सिटको दाबी छोड्न मानेको छैन। कांग्रेस अडानबाट झर्न नमानेपछि माओवादी , एकीकृत समाजवादी र जसपा पनि अडानमै छन्।

कार्यदलमा जुटेन सहमति, शीर्ष नेतालाई ब्रिफिङ

एउटै निर्वाचन क्षेत्रमा धेरै दलले दाबी गरेपछि बुधबारको बैठकमा सहमति नजुटेको हो।

आज (२३ भदौ) ९ बजेपछी बस्ने बैठकमा फेरि छलफल गरेर सहमति जुटाउन लागिएको हो।

सहमति नजुटे दिउँसो १ बजे शीर्ष नेतासहितको बैठकबाट समझदारी बनाउने जसपा नेता तथा कार्यदल सदस्य रामसहाय प्रसाद यादवले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad