राजनीति


पेचिलो बन्दै सत्ता गठबन्धनमा सिट बाँडफाँट, आज पुनः छलफलमा जुट्दै कार्यदल

पेचिलो बन्दै सत्ता गठबन्धनमा सिट बाँडफाँट, आज पुनः छलफलमा जुट्दै कार्यदल

फाइल तस्बिर


नेपालखबर
भदौ २२, २०७९ बुधबार ७:१२, काठमाडौँ

सत्तारुढ पाँच दलीय गठबन्धनको सिट बाँडफाँटका लागि बनेको कार्यदलको बैठक आज (बुधबार) पनि बस्ने भएको छ। 

बुधबार बस्ने कार्यदलले सहमति भएको विषयसहितको प्रतिवेदन शीर्ष नेतालाई बुझाउने तयारी गरेको छ। 

मंगलबार साँझ ६ बजेदेखि बसेको बैठकमा लामो छलफल भएपनि सहमति भने हुन सकेको थिएन्। 

कार्यदलका सदस्य एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार केही विषय अझैं टुंगोमा नपुगेकाले बुधबार पुनः बैठक बस्न लागिएको हो। 

मंगलबार मात्रै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सिट बाँडफाँटको विषय पेचिलो बन्दै गएको बताएका थिए। 

उता, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने कांग्रेस ८० सिटको वरिपरि आउनसक्ने दाबी गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .