संविधानसभाका सदस्य एवम् बाँके निवासी गीता सिंह राप्रपा नेपालमा प्रवेश गरेकी छन्।
राप्रपा नेपालले लिएको लोकतान्त्रिक हिन्दुराष्ट्रको एजेन्डाले आफूलाई तानेको उनले बताइन्।
हिन्दुत्व, सुशासन र समृद्धि नै नेपालको अबको मुख्य मुद्दा हुने उनले बताइन्।
यसैगरि राप्रपाका पूर्व केन्द्रीय सदस्य राजु थापालाई पार्टी अध्यक्ष कमल थापाले प्रवेश गराएका छन्।
नुवाकोटकै जनजाति नेता कृष्णबहादुर घले 'सुरज' पनि राप्रपा नेपाल प्रवेश गरेका छन्।
उनीहरुलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष थापाले मुलुकमा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको आवश्यकता रहेको बताए।
सबैको सहयोगले राप्रपा नेपाललाई वैकल्पिक शक्ति निर्माण गर्ने महाअभियानमा आफू कृयाशील भएको उनले बताए।
यसैगरि राप्रपासम्वद्ध नेपाल सनातन धर्म सँस्कृति संगठन, १ नं. प्रदेश अध्यक्ष तथा गत स्थानीय निर्वाचनमा उर्लाबारी नगर प्रमुख उम्मेदवार विनोद प्रसाद पोख्रेल, जिल्ला सदस्य चित्रबहादुर थापा पनि राप्रपा नेपालमा प्रवेश गरेका राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले बताए।
Shares

प्रतिक्रिया