राजनीति


१० तस्बिरमा हेर्नुस् भारतीय सेना प्रमुखको सम्मान र वृक्षरोपण

१० तस्बिरमा हेर्नुस् भारतीय सेना प्रमुखको सम्मान र वृक्षरोपण

नेपालखबर
भदौ २०, २०७९ सोमबार ११:१४, काठमाडौँ

भारतीय सेना प्रमुख मनोज पाँडे आइतबार (१९ भदौ)देखि ५ दिने नेपाल भ्रमणमा छन्। 

आइतबार अपरान्ह काठमाडौं आइपुगेका पाँडे लगत्तै निर्धारित कार्यक्रम तथा भेटघाटमा व्यस्त देखिएका छन्। 

प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा उनी नेपाल आएका हुन्। 

सोमबार बिहान सेना प्रमुख पाँडेको सम्मानमा सैनिक मुख्यालय जङ्गी अड्डामा आज बिहान आयोजित समारोहमा सम्मान गारत अर्पण गरिएको थियो। 

सो अवसरमा उनले जङ्गी अड्डा मूल भवन परिसरमा वृक्षरोपणसमेत गरे। यसअघि उनले सैनिक मञ्च टुँडिखेलस्थित वीरस्मारकमा पुष्पहार समर्पण गरी श्रद्धाञ्जलि अर्पण गरेका थिए। 

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा भारतीय सेनाध्यक्ष पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्नेछन्।

हेर्नुहोस् तस्बिर:

तस्बिरहरु : राष्ट्रिय समाचार समिति

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad