राजनीति


‘शून्य लागतमा पठाउनुपर्ने श्रमिक साढे तीन लाख तिर्न बाध्य, अनुगमनमा प्रमाण भेटिँदैन’

‘शून्य लागतमा पठाउनुपर्ने श्रमिक साढे तीन लाख तिर्न बाध्य, अनुगमनमा प्रमाण भेटिँदैन’

नेपालखबर
भदौ १९, २०७९ आइतबार १४:५८, काठमाडौँ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा पठाउने नाममा भइरहेको ठगी नियन्त्रण गर्ने बताएका छन्।

आइतवार मन्त्रालयको कल सेन्टरमा श्रमिकहरुको गुनासो सुनेपछि सञ्चारकर्मीहरुसँग बोल्दै मन्त्री कुँवरले सरकारले शुन्य लागतमा पठाउने भनिएका देशहरुमा समेत एजेण्टहरुमार्फत जताततै श्रमिकहरु ठगेको भन्दै तत्काल नियन्त्रण गर्ने बताए।

उनले शुन्य लागतमा वैदेशिक रोजगारीमा जानसक्ने सम्झौता भएका देशहरुमा समेत एजेण्टहरुले साढे ३ लाखसम्म लिएको गुनासो आएकाले मन्त्रालयले त्यसको अनुगन शुरु गरेको बताए।

मन्त्री कुँवरले मन्त्रालयमा ठगिएको भनेर आएका गुनासोहरुलाई मन्त्रालयले सहजीकरण गर्ने बताए। उनले वैदेशिक रोजगारीमा पठाउने नाममा जताततै ठगी हुँदा सरकारलाई अफ्ठ्यरो लागेको बताए। मन्त्री कुँवरले ठगी भएको जानकारी मन्त्रालयमा नआउँदा अनुगमन गर्न समेत नसकिएको बताए।

उनले अनुगनको लागि अनुगमन टोलीले प्रमाण र पैसा केही नभेट्ने गरेको बताए। मन्त्री कुँवरले ठगी भएको प्रमाण नभइ कारबाहीको दायरामा ल्याउन नसकिएको बताए। 

‘शून्य लागतमा पठाउने भनेका छौं जताततै पैसा असुल भएको छ। त्यसको नियन्त्रण भएको छैन। त्यसको नियन्त्रणको लागि अनुगमन टोली पठायौं। टोलीले केही पनि भेटाउँदैन। पैसा र प्रमाण केही भेटाउँदैन। प्रमाण नभई कारबाहीको दायरामा कसरी ल्याउने सरकारलाई समस्या परेको छ।’

उनले अब सरकारले ठगी गर्ने एजेण्टहरु कहाँ बस्छन् खोज अनुसन्धान गरेर कानूनी कारबाही गरिने बताए। मन्त्री कुँवरले कल सेन्टरमार्फत श्रमिकका गुनासाहरु तत्काल र केही समय लगाएर भएपनि समाधान मन्त्रालयले गरिरहेको दाबी गरे।

उनले पछिल्लो समय वैदेशीक रोजगारको क्षेत्र, घरजग्गा कारोबार हुँदाहुँदै फोहोर व्यवस्थापनमा समेत दलाली हुन थालेको बताए।

मन्त्री कुँवरले आइतवार चार जना श्रमिकहरुको गुनासो सुनेका छन्। उनले वैदेशिक रोजगारीमा लैजान्छु भनेर महिनौ नलगिएको, वैदेशिक रोजगारीमा गएर घर आउन नदिएको जस्ता गुनासा श्रमिकहरुले मन्त्री कुँवरलाई गरेका थिए। 

श्रममन्त्री कुँवरले हेरक हप्ताको आइतवार एक घण्टा कल सेन्टरमा श्रमिकको गुनासो सुन्ने कार्य गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad